आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रतिनिधिसभा विघटनको फैसला निर्वाचन पछि हुनसक्छ- मुख्यमन्त्री राई

  • प्रकाशित मिति : मङ्लबार, माघ २७, २०७७



  • ओखलढुङ्गा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सर्वोच्च अदालतमा जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला निर्वाचनपछि हुनसक्ने बताउनुभएको छ ।

    नेपाल पत्रकार महासंघ ओखलढुङ्गाको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले निर्वाचन नहुने विषय कसैको आदेशमा र कानुनमा नभएको जिकिर गर्नुभयो । ‘अदालतको फैसला चुनाव अघि हुन पनि सक्छ, नहुन पनि सक्छ,’ उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतमा बहस चलिरहेकाले लम्बिन पनि सक्छ ।’

    मुख्यमन्त्री राईले निर्वाचन पछि अदालतले एकलाइनमा भन्नुपर्ने कुरा भन्नसक्ने बताउँदै निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

    राजनैतिक स्थिरता, सुशासन, विकास र समृद्धिका लागि जनताले मतदान गर्दै अराजकता, अस्थिरता र कुशासनलाई सधैँका लागि हटाउनुपर्ने बताउनुभयो । उहाँले बलियो, शक्तिशाली, लोकप्रिय, विकास र समृद्धिको यात्रालाई तीव्र गतिमा लिएर जाने नेतृत्व जनताले चयन गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

    मुख्यमन्त्री राईले प्रदेशमा देखिएको राजनीतिक अस्थिरतालाई आफूले चिरेर जनताको अभिमतलाई कदर गर्दै अघि बढ्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij