आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुवै नेकपाको प्रदर्शनका लागि चन्दा दिन बाध्य छन् निजी क्षेत्र

  • प्रकाशित मिति : शुक्रबार, माघ ३०, २०७७



  • काठमाडौं । कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन् ।

    सरकार पक्षीय प्रदर्शन र विपक्षमा जारी आन्दोलनले निजीक्षेत्र थप मारमा परेको उद्यमीहरूले बताए । दुवै पक्षले आआफ्नो पक्षको प्रदर्शनमा सहभागिता जुटाउन उद्योगी व्यवसायीसँग चन्दा उठाउन थालेपछि उद्योगी व्यवसायी सकसमा परेका छन् । संघीय राजधानी काठमाडौंमा प्रतिस्पर्धात्मक शैलीमा भएका प्रदर्शनमा जिल्लाजिल्लाबाट सहभागी पु¥याउने नाममा चन्दा उठाइएको हो ।

    प्रधानमन्त्री ओलीको सिफारिशमा प्रतिनिधिसभा विघटन भएयता राजनीतिक अन्योल बढेर गएको छ । सत्तासीन नेकपाकै प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । अन्य विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् । ओली समूह समर्थकले प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरेका छन् ।

    मुख्य औद्योगिक प्रतिष्ठानहरू रहेको वीरगञ्ज–पथलैया कोरिडोरका उद्योग र प्रतिष्ठानका कार्यालयहरूमा सत्तासीन राजनीतिक दलका समूहले प्रतिस्पर्धात्मक रूपमा चन्दा उठाइरहेको एक उद्योगीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा र प्रचण्ड–माधव दुवै समूहले उद्यमी व्यवसायीसँग चन्दा मागेका छन् ।

    दुवै नेकपाका स्थानीय नेताहरूले आन्दोलनमा सहभागिता जुटाउने नाममा व्यवसायीलाई सहयोगका लागि दबाब दिएका छन् । प्रचण्ड–माधव समूह र ओली समूहले संघीय राजधानीमा गरेको प्रदर्शनमा सहभागिता जुटाउन भन्दै ती समूहका नेताहरूले चन्दा उठाएका हुन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij