आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दलको आधिकारिकता विवाद निरुपणको लागि नेकपा दाहाल समूहको ताकेता

  • प्रकाशित मिति : शुक्रबार, माघ ३०, २०७७



  • काठमाडौं । नेकपा (दाहाल) समूहले राजनीतिक दलको मान्यतासम्बन्धि विवाद निरुपणमा ढिलाइ भइरहेको प्रति प्रश्न उठाएको छ ।

    दलको आधिकारिकता दाबी गर्दै माघ २० गते आयोगलाई दफा ४४ अनुसार निवदेन दिएको सो समूहले विवाद निरुपणमा किन ढिलाइ भइरहेको छ भन्दै आयोगमाथि प्रश्न उठाएको हो ।

    दाहाल समूहबाट आयोगमा प्रतिनिधि तोकिएको लिलामणी पोखरेल र राजेन्द्र पाण्डेले लिखित जवाफ माग्दै आयोगमा हिजो पत्र दर्ता गराएका छन् ।

    दफा ४४ अनुसार दलको मान्यताका लागि मागदाबी परेको अवस्थामा पनि निरुपण प्रक्रियामा ढिलाइ भइरहेकाले आशंका उत्पन्न भएको पाण्डेले बताउनुभयो ।

    प्रमुख निर्वाचन आयुक्त लगायतका पदाधिकारीसँगको छलफलमा सबै कुराहरु कानूनमा स्पष्ट हुँदाहुँदै पनि किन आयोग चुपचाप बसेको भन्दै प्रश्न गरिएको उहाँले बताउनुभयो ।

    दाहाल समूहको मागदाबीका विषयमा आयोगले अहिलेसम्म ओली समूहलाई कुनै औपचारिक जानकारी दिएको छैन् ।

    कानूनतः १५ दिनको सूचना दिनुपर्ने भएपनि आयोगले त्यसो गरेको छैन् । दाहाल समूहले संशोधित नियमावली राजपत्रमा प्रकाशन नभएको बारेमा पनि आयोग किन मौन रहेको भन्दै प्रश्न उठाएको छ ।

    यसैगरी निर्वाचन घोषणपूर्व सरकारले आयोगसँग परामर्श लिएको छ वा छैन भनेर पनि दाहाल समूहले आयोगलाई प्रश्न गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij