आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जहाँ नेपाल त्यही एमाले : माधव नेपाल

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ३, २०७७



  • काठमाडौं, फागुन २ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सबैको मुटु छामेको बताउनुभएको छ ।

    ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर आगो लाग्ने स्थिति भएपछि सरकारले डराएर साँझ नै छाडेको उहाँले जिकिर गर्नुभयो ।

    आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले झाँक्रीपछि आफु र दाहाललाई गिरफ्तार गर्ने योजना सरकारले बनाएको दाबी गर्नुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै उहाँले ओली तानाशाह बन्न खोजेको बताउनुभयो ।

    उहाँले ओलीले प्रनिनिधिसभा विघटनसँगै पार्टी तोडेपछि पुराना एमालेहरू आफ्नो पक्षमा आउन आह्वान गरिरहेको भन्दै त्यसको चर्को प्रतिवाद गर्नुभयो ।

    कोअर्डिनेशन केन्द्र, माले र एमाले बनाउने को भनेर ओलीलाई सोध्न अध्यक्ष नेपालले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    एमाले, एमाले मिल्ने हो भने केपी ओलीसँग मिल्ने होइन उनी बीमाले मात्र हुन् भन्दै उहाँले माधव नेपाल जहाँ उभिएको छ त्यहाँ एमाले रहेको जिकिर गर्नुभयो ।

    ओलीले दाहाललाई भर्‍याङको रूपमा प्रयोग गरेको भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्री भइसकेपछि पुक्क लात्ताले हानेर जतासुकै जा भनेको आरोप लगाउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij