आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भाजपाको योजना खुलासा, नेपालमा यही वेला साम्प्रदायिक गतिविधि : सुनियोजित हो कि संयोग ?

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ४, २०७७



  • काठमाडौं । भारतको दक्षिणपन्थी भाजपाले आफ्नो संगठन के नेपालसम्म विस्तार गर्न खोजिरहेको छ ? आफ्नो देशलाई हिन्दू र अल्पसंख्यकमा विभाजित गरेर शासन गरिरहेका नरेन्द्र मोदी यो संक्रमण के छिमेकमा पनि विस्तार गर्न चाहन्छन् ? त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय गृहमन्त्री अमित शाहलाई उद्धृत गर्दै नेपालको विषयमा बोलेको विषयले धर्मनिरपेक्ष नेपाललाई चिन्तित बनाएको छ ।

    विप्लव देवमार्फत सार्वजनिक भएको अमित शाहको भनाइ किन पनि गम्भीर छ भने भाजपाको विचारधारात्मक माउ संस्था हिन्दू स्वयंसेवक संघ (आरएसएस)ले नेपालमा अहिले आफ्ना कार्यक्रम तीव्र बनाएको छ । यता, कोभिड महामारीका वेला एउटा पनि भेन्टिलेटर किन्न कञ्जुस्याइँ गरेको तथा खोपका लागि चन्दा उठाइरहेको सरकारले अहिले पशुपतिको शिवलिंगमा भने एक सय ४१ किलो सुनको जलारी चढाउने निर्णय यही वेला गरेको छ ।

    त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सन् २०१८ मा भाजपाका तत्कालीन अध्यक्ष अमित शाह त्रिपुरा भ्रमणमा आउँदाको प्रसंग सार्वजनिक गरेका हुन् । उनले भने, ‘अमित शाह त्रिपुरा आउनुभएको थियो, हामी स्टेट गेस्टहाउसमा उहाँसँग कुरा गर्दै थियौँ । (भाजपा महासचिव) अजय जमवालले भारतका सबैजसो राज्यमा सरकार बनाएको प्रसंग उठाउनुभयो । जवाफमा अमित शाहले भन्नुभयो– श्रीलंका र नेपालमा सरकार बनाउन अझै बाँकी छ । हाम्रो पार्टीलाई श्रीलंका र नेपालमा विस्तार गर्नुपर्छ र त्यहाँ पनि सरकार बनाउनुपर्छ ।’

    नेपालमा पनि संगठन विस्तार गर्नुपर्छ भनेर अमित शाहले भनेका हुन् भने पनि उनको बोली निरर्थक होइन । किनकि पछिल्ला दिनमा नेपालमा हिन्दू स्वयंसेवक संघको ब्यानरमा कार्यक्रम तीव्र भएका छन् । भारतमा पनि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)कै नेतृत्वमा संगठित रूपमा हिन्दूधर्म प्रचार हुँदै आएको छ । स्वयं नरेन्द्र मोदी पनि आरएसएसमा हुर्किएका धर्म प्रचारक हुन् । आफ्नो धर्म प्रचार गर्नेभन्दा पनि अल्पसंख्यकविरुद्ध घृणा फैलाएर शक्ति हत्याउने र सत्तामा टिकिराख्ने रणनीतिका कारण विश्वभरका उदारवादीहरूले मोदीको आलोचना गर्दै आएका छन् ।

    हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय सम्मेलन २४ माघमा वीरगंजमा भएको थियो । सम्मेलनको उद्घाटन संघका राष्ट्रिय सह–सञ्चालक एवं पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा उनल उनले देशमा हिन्दूलाई विभिन्न धर्म परिवर्तन गराएर हिन्दूत्वको संस्कृतिलाई केही तत्वले ओझेलमा पार्ने काम गरेकोले सावधान हुन अपिल गरेका थिए । उद्घाटनपछि हिन्दू स्ववयंसेवकहरूले बाजागाजासहित वीरगंजमा मार्चपास गरेका थिए ।

    भारत सरकारसँग नेपालको चासो, राजदूत आचार्यले विदेश मन्त्रालयसँग मागे प्रस्टीकरण

    अमित शाह र विप्लवदेवको विवादास्पद भनाइबारे नेपाली र भारतीय सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सोमबार दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयसँग चासो राखेको छ ।

    भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क हेर्ने उत्तरी डिभिजनका सहसचिव अरिन्दम बाग्चीसँग यसबारे चासो राखेका छन् । कूटनीतिक स्रोतका अनुसार भारत सरकारका बहालवाला गृहमन्त्रीले दिएको अभिव्यक्तिलाई नेपालले गम्भीर रूपमा लिएको भन्दै स्पष्ट पार्न राजदूत आचार्यले आग्रह गरेका थिए । यसबारे आचार्यले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि जानकारी गराइसकेका छन् । नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij