प्रकाशित मिति : मङ्लबार, फाल्गुन ४, २०७७
काठमाडौं, फागुन ४ । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
नेकपाको विवादलाई थाँती राखेर निर्वाचन हुन नसक्ने उहाँको भनाइ छ ।
मंगलबार प्रेस संगठन सल्यानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेकाले मध्यावधि निर्वाचन हुन नसक्ने दाबी गर्नुभयो ।
यस्तो अवस्थामा निर्वाचन गर्न खोजिए त्यसको हिसाब–किताब त जनताले गर्ने उहाँको भनाइ थियो ।
शर्माले नेकपाभित्रको विवाद पार्टी विशेषको नभई संघीयता, धर्मरिपेक्षता, समानुपातिक समावेशीताको कार्यान्वयन गर्ने वा नगर्ने विषयको लडाइँ भएको जिकिर गर्नुभयो ।
संविधानको धारा नै कुल्चिएर संसद विघटन गर्नु संविधान खारेजी गर्नु सरह भएको उहाँको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij