प्रकाशित मिति : बुधबार, फाल्गुन १२, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएकी छन् ।
संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘सर्वोच्च अदालतको आजको फैसला समग्रमा जनताको जित हो ।’
संसद विघटन विरुद्धको रिटमा निवेदक समेत रहेकी नेतृ झाँक्रीले आफ्नो पक्षमा बहस पैरवी गर्ने कानुन व्यावसायीलाई धन्यवाद समेत दिएकी छन् ।
‘प्रधानन्यायाधीश सहित माननीय न्यायाधीशज्यूहरू प्रति हार्दिक धन्यवाद,’ झाँक्रीले भनेकी छन्, ‘हाम्रो रिट निवेदनको पक्षबाट अनवरत बहस पैरवी गर्ने विद्धान वरिष्ठ कानुन व्यावसायी मित्रहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij