आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्धक्क भएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४, २०७७



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन् । प्रतिनिधिसभा पूनःस्थापना भएपछि पहिलो पटक शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री उक्त निर्देशन दिएका हुन् ।

    सर्वोच्च अदालतले फागुन ११ गते मंगलबार प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीकाे निर्णय बदर गर्दै पूनःस्थापना गर्ने आदेश दिएपछि शुक्रबार पहिलोपटक मन्त्रीपरिषदको बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली निकै खुलेर प्रस्तुत भएका थिए ।

    बैठकको नियमित एजेन्डामा प्रवेश गर्नुअघि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई प्रतिनिधिसभा पूनःस्थापना भएपछिको अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए। बैठकमा निश्चिन्त देखिएका ओलीले अब के हुन्छ भन्ने नसोचिकन निर्धक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

    बैठकमा उपस्थित एक मन्त्रीका अनुसार सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले फागुन २३ गते संसद बैठक बोलाउने जानकारी गराए। प्रधानमन्त्रीको भनाईलाई उद्धृद गर्दै ती मन्त्रीले भने,’अब के हुन्छ भन्ने नसोचिकन निर्धक्क भएर आफ्ना निरन्तर काम गर्नुस्, बाँकी कुरा संसदमै भनौँला।’

    प्रधानमन्त्रीले मन्त्रीहरुलाई ढाडस दिँदै जनताको काम ढुक्कसँग गर्न निर्देशन पनि दिएका थिए। प्रतिनिधिसभा पूनःस्थापनाले आफूलाई कुनै असर नपरेको छनक बैठकमा उनले देखाएका थिए । प्रधानमन्त्रीको प्रस्तुती हेर्दा वर्तमान सरकारले नै निरन्तरता पाउनेमा ढुक्क देखिएको ती मन्त्रीले जानकारी दिए।

    गत पुष ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै करिब दुई महिनामा मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्दै पूनःस्थापना गरी १३ दिनभित्र बैठक राख्न सरकारलाई आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार मन्त्रीपरिषद्को बैठकले फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij