आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १५, २०७७



  • काठमाडौं । शहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुल्चोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ ।

    पुलचोक स्पोर्टस् क्लब १ अङ्कसहित तालिकाको पुछारमा अर्थात् १२ औँ स्थानमा रहेको छ भने श्री भगवती क्लब ५ अङ्कसहित १० औँ स्थानमा रहेको छ । यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।

    बाँसबारी १४ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ । यसअघि हिजो भएका खेलमा सातदोबाटो र मध्यपुर विजयी भएका थिए ।

    सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई ३–२ ले र मध्यपुर युथ एशोसियसनले टुसाल क्लबलाई २–० ले हराएको थियो । लिगमा सातदोबाटो युथ क्लब १९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij