आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेकपा आधिकारीक विभाजनको पर्खाइमा कांग्रेस

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १६, २०७७



  • काठमाडौं, फागुन १६ । सत्तारुढ नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म नेपाली कांग्रेसको भागमा सरकारको नेतृत्व आउने संभावना देखिदैन ।

    अर्कोतर्फ संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको पेश भइहाले पनि त्यो पारित भइहाल्छ भन्ने ग्यारेन्टी पनि छैन ।

    यसैले नेपाली कांग्रेस तत्कालका लागि नेकपाको आधिकारीक विभाजनको पर्खाइमा छ ।

    कांग्रेस सभापति शेरवहादुर देउवा सत्तासमिकरणको ‘चोचोमोचो’ मिलाउन नेकपाको आधिकारीक विभाजनको प्रतिक्षामा हुनुहुन्छ ।

    नेकपाको औपचारिक विभाजन कठीन बन्दै गएको बेला देउवाको सत्ता चढ्ने पनि भर्‍याङ्ग कमजोर हुँदै गएको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

    यस्तै परिदृष्यहरुका कारण हुनसक्छ, देउवा पनि नेकपा भित्रको राजनीतिलाई नियालिरहुन भएको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशशरण महतको भनाइले पनि कांग्रेसलाई सत्ता प्राप्ति सहज देखिदैन ।

    राजनीतिक वृत्तमा पनि कांग्रेसलाई सत्ता प्राप्ति सहज नभएको विश्लेषण भइरहेको छ ।

    राजनीतिक विश्लेषक राजेश गौतम त देउवाको चरित्र विश्वासयोग्य नभएको तर्क गर्नुहुन्छ ।

    सत्ताको विषयलाई लिएर कांग्रेसले अपनाएको पर्ख र हेरको नीतिलाई कांग्रेसी वृत्तका मानिसहरुले स्वागत गरेका छन् ।

    साथसाथै कांग्रेस अहिले नै सत्तामा जाने छिद्र खोज्नेतिर लाग्न नहुने आवाज पनि उठिरहेको छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नै सांसद किनबेचको श्रृङ्खला शुरुभएको संकेत गरेकाले अबको राजनीति झनै फोहोरी बन्ने देखिदैछ ।

    यस्तो अवस्थामा आफूलाई लालमोहोर लागेको लोकतान्त्रीक पार्टी भन्ने कांग्रेसले परिपक्वता देखाउनु जरुरी छ ।

    नेकपा फुट्ला र भाग पाउला भनेर बस्नु भन्दा विश्लेषकहरुले भनेजस्तै जनतामाझ जाने र आफ्नो महाधिवेसनको तयारी गर्नु कांग्रेसका लागि हितकर हुने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij