आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्व मिस नेपाल शृङ्खला खतिवडा हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १९, २०७७



  • काठमाडौं । पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्ययन गर्ने भएकी छन् । अमेरिकाको उक्त विश्वविद्यालयमा उनले अर्बन प्लानिङ अर्थात् सहरी विकास योजनामा स्नातकोत्तर गर्न लागेकी हुन् ।

    अध्यायनका लागि अगस्त महिनामा अमेरिका उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् । हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताएकी छन् ।

    खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

    पछिल्लो समय आर्किटेक्चर पेसा र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी उनको अध्ययनको विषयलाई लिएर मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि बधाई तथा सफलताको शुभकामना दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij