सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

आफ्नो पार्टीमा आउन विप्लवलाई प्रचण्डको अफर

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २२, २०७७



  • काठमाडौं। भूमिगत राजनीतिबाट शुक्रबारमात्र शान्तिपूर्ण राजनीतिमा फर्केका नेकपा महासचिब नेत्रविक्रम चन्द विप्लवलाई नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीमा आउन अफर गरेका छन्।

    शनिबार पार्टी कार्यालय पेरिस डाँडामा पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विप्लव आफूले कोरोको गोरेटोमा आएको टिप्पणीसमेत गरे। उनले विप्लव आफूले कोरोको गोरेटोमा आएको भन्दै धन्यवादसमेत दिए। उनले विप्लवलाई आफूले जति कसैले नबुझेको दावी गर्दै छिटै स्वागत गर्न आतुर रहेको बताए।

    विप्लव कुनै बेला प्रचण्ड नेतृत्वको माओवादीमा थिए। मोहन वैद्य किरणले प्रचण्डसँग छुट्टिएर अलग्गै पार्टी बनाएपछि विप्लव वैद्यसँगै गएका थिए। पछि वैद्यसँग पनि छुट्टिएर विप्लवले जनवादी क्रान्ति गर्ने भन्दै सशस्त्र विद्रोहको शुरुआत गरेका थिए। त्यसपछि सरकारले विप्लव समूहमाथि प्रतिबन्धसमेत लगाएको थियो।

    प्रतिबन्धित रहेकै अवस्थामा सरकारसँग भएको वार्तामा विप्लव समूहले शान्तिपूर्ण राजनीतिमा आउने सहमित जनाएसँगै विप्लप शनिबार काठमाडौंमा सार्वजनिक भएका थिए। सरकार र विप्लव समूहबीच तीन बुँदे सहमितसमेत भएको छ। सहमित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले कम्युनिष्टहरु सँधै विद्रोहमा मात्र लाग्ने नभई शान्तिदूतमा रहेको बताएका थिए। सो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत सम्बोधन गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij