सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

नारायणकाजीको क्षेत्रमा माओवादीबाट निर्वाचित जनप्रतिनिधी काँग्रेसमा प्रवेश

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २६, २०७७



  • गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठकै क्षेत्रका एक जना जनप्रतिनिधी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गोरखा क्षेत्र नम्बर २ को सिरानचोक गाउँपालिका वडा नम्बर ७ का वडासदस्य क्याप्टेन कुमार गुरुङ मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

    उनलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टी सदस्यता प्रदान गर्दै काँग्रेसमा भित्राएका हुन । गएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादीबाट गुरुङ वडा सदस्यमा निर्वाचित भएका थिए ।

    कम्युनिष्ट पार्टीले जनताको आशा र भरोसा तोडेको र विश्वास समेत गुमाउदै गएको भन्दै आफु काँग्रेसमा लागेको उनले बताएका छन् ।

    रोणीदेव घिमिरेको अध्यक्षतामा नेपाली काँग्रेसले आयोजना गरेको संगठन सुदृढिकरण तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा गण्डकी प्रदेशका साँसदद्धय प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, काँग्रेसका क्षेत्रिय सभापति गोविन्द गुरुङ, सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष रीता देवकाेटा, गोरखा नगर सभापति चन्दनबाबु खत्री, जिल्ला सदस्य मिना अधिकारी, आमन्त्रित सदस्य शेखर ढकाल, रुप बहादुर गुरुङ, महिला संघकी पूर्व केन्द्रिय सदस्य रविकला खनाल, जिल्ला कमिटी सल्लाहकार प्रदिपबाबु ढकाल, वडाध्यक्ष सुरज ढकाल लगायतले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij