आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्री बनेकाहरुलाई कारवाहीको तयारी

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २९, २०७७



  • काठमाडौं। आगामी रणनीति तय गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शनिबार बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान बस्ने बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने स्रोतले जनाएको छ।

    यस्तै आजको स्थायी कमिटी बैठकले माओवादी केन्द्रमा नफर्किएका नेता कार्यकर्ताको बारेमा पनि आवश्यक निर्णय लिने बारेमा र सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा पनि छलफल हुने बताइएको छ।

    माओवादी केन्द्रले सो निर्णय गरेमा हाल सरकारमा रहेका मन्त्रीहरुको सांसद पद खारेज हुने छ।

    शुक्रबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक मार्फत माओवादी केन्द्रका नेताहरूलाई एमालेको केन्द्रीय सदस्य नियुक्त गरेका थिए। यद्यपि वरिष्ठ नेता माधव नेपाल पक्षले भने यसमा कडा आपत्ति जनाइसकेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij