प्रकाशित मिति : आइतवार, चैत्र १, २०७७
काठमाडौं । अनेरास्ववियू उपत्यका स्तरीय भेला सम्पन्न नेकपा (एमाले) को माधव नेपाल निकट अनेरास्ववियुले उपत्यका स्तरिय कार्यकर्ता भेला आयोजना गरेको छ ।
अष्टलक्ष्मी शाक्य वा भीम रावलभन्दा एमाले पार्टीमा राम बहादुर थापा बादल, प्रभु शाहहरूको योगदान ठुलो देख्ने ओलीको नजरले एमाले र कम्युनिस्ट आन्दोलनलाई विखण्डन तिर लैजाने र कम्युनिस्ट आन्दोलन समाप्त पार्ने काम गरेको बताए ।
त्यसैले एमाले पार्टी जोगाउन अनेरास्ववियुले मैदानमा उत्रिनु परेको बताए । यस्तै अनेरास्ववियूका अर्का नेता सुदेश पराजुलीले प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादलाई समाप्त पार्ने गतिविधि गरेको भन्दै आपत्ति जनाए ।
सक्कली एमाले हामी हौं केपी ओली होइन भन्दै ओली एमाले समाप्त पार्ने कु पात्र मात्रै भएको बए ।
देशभर कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने ओली विरुद्धको कदमलाई भण्डाफोर गर्ने र अभियान नै संचालन गर्ने उनको भनाई छ ।
कार्यक्रममा अनेरास्ववियुकी सचिव आरती लामाले ओली विरुद्धको संघर्ष थप पेचिलो बन्न सक्ने तर आफुहरुले घुँडा नटेक्ने बताइन् । भेलामा उपत्यकाका तीन जिल्ला तथा क्याम्पसहरूका अगुवा कार्यकर्ताहरु उल्लेख्य सहभागी रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij