प्रकाशित मिति : सोमवार, चैत्र २, २०७७
काठमाण्डौं। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से १८ अंकले घटेको छ। सोमबार नेप्से १८ दशमलव ०७ अंक घटेर २३ सय ८९ दशमलव १९ अंकमा सीमित बन्द भएको छ। यसअघि साताको पहिलो दिन आइतबार नेप्से ५१ अंकले घटेको थियो।
यस दिन जम्मा १ सय १२ कम्पनीको सेयर कोराबार हु्ँदा १ सय १६ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ४६ कम्पनीको लगानीकर्ताले मात्रै कमाएका छन, भने १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ।
सोमबार ९६ लाख ४ हजार ५ सय २९ कित्ता सेयर ४ अर्ब २४ करोड ८ लाख भन्दा धेरै रकममा कारोबार भएको थियो।
आजको दिनमा सबैभन्दा बढी कमाउने कम्पनीमा चन्द्रागिरि हिल्स रह्यो। त्यसैगरी सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४३ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij