आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पार्टीमा कसैमाथि अन्याय हुँदैन, गुटगत भेलामा सहभागी नहुनुस्– प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ३, २०७७



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा सहभागी नहुन कार्यकर्तालाई आग्रह गर्नुभएकाे छ ।

    मंगलबार बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टीमा कसैमाथि अन्याय नहुने बताउँदै भोलि र पर्सी माधवकुमार नेपाल पक्षले आयोजना गर्न लागेको गुटगत भेलामा सहभागी नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । साथै उहाँले माधव समूहका नेताहरूलाई त्यस्ता भेलाको आयोजना नगर्न आग्रह गर्नुभयाे ।

    ‘गुटगत भेलमा सहभागी नहुनुस्, पार्टीमा कसैमाथि अन्याय हुँदैन,’ उहाँले भन्नुभयो, ‘हामीले ठूलो हृद्‍य बनाएका छौं, अपराध गर्नेहरूलाई पनि स्वागत छ त भन्दिन तर स्वीकार गर्छाैं हामी ।’ पार्टीमा आएर आत्मालोचना गर्दै सुध्रिएर काम गर्न चाहनेहरूलाई आफूहरूले स्वीकार गर्ने ओलीको भनाइ छ ।

    यद्यपि उहाँले हिजोकै जस्तो तमासा, जगहसाइ गर्ने र सञ्चारमाध्यमहरूलाई बिजनेस दिने लगायतका विषयहरू पार्टीमा मान्य नहुने स्पस्ट पार्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij