प्रकाशित मिति : बुधबार, चैत्र ४, २०७७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाउनुभएको छ ।
एमाले नेता विशाल भट्टराईका अनुसार बैठक बिहीबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
भट्टराईले सूर्य चिह्नबाट निर्वाचित सबै सांसदलाई बैठकमा बोलाइएको जानकारी दिनुभयो ।
माधव नेपाल–झलनाथ खनाल पक्षले ललितपुरमा दुई दिने कार्यकर्ता भेला गरिरहेकै बेला ओलीले बैठक बलाउनुभएको हो ।
नेपाल पक्ष भने ओलीले बोलाएको संसदीय दलको बैठकमा नजाने भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij