आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले संसदीय दलको बैठक बस्दै, नेपाल समूह सहभागी नहुने

  • प्रकाशित मिति : बिहिबार, चैत्र ५, २०७७



  • काठमाडौं । नेकपा एमालेले आज विहान ११ बजेका बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ ।

    झलनाथ खानल र माधव नेपाल समूहले पार्टीको निर्देशन विपरित समानान्तर भेला गरिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीेले बैठक बोलाउनुभएको हो ।

    बैठकमा सूर्य चिह्नबाट निर्वाचन जितेका सबै सांसदहरुलाई आमन्त्रण गरिएको एमाले मुख्य सचेतक विशाल भट्टराईले बताउनुभयो ।

    दलको समेत नेता रहनुभएका ओलीले बैठक बोलाएर कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गर्ने बुझिएको छ ।

    यता, एमाले उपाध्यक्ष भीम रावलले एमाले संसदीय दलको विधान नै नभएको बताउनुभयो । २०७४ फागुनमा एमाले संसदीय दल ठन भएपनि विधान नबन्दै माओवादी केन्द्रसँग एकता भएको थियो ।

    तर संसदीय दलको विधान नभएको अवस्थामा नेपाल पक्षका सांसद तथा नेताहरुलाई कारबाही गर्न पार्टी विधानको साहारा लिने बुझिएको छ ।

    अनुशासनको कारबाही गरी पार्टीबाट निकालेको खण्डमा सांसद पद स्वतः जाने राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा व्यवस्था छ ।

    फागुन २८ गते ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष र महासचिव बाहेक अरु पद खारेज गरेपछि समानान्तर गतिविधि गरिरहेको नेपाल समूहले दलको बैठकमा सहभागी नहुने बताएको छ ।

    एमाले प्रचार विभाग प्रमुख समेत रहनुभएका नेपाल समूहका नेता योगश भट्टराईले एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा व्यस्त भइने भएकाले आज बोलाइएको दलको बैठकमा सहभागी हुन नसकिने बताउनुभएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij