आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“ओलीले पार्टीभित्र अराजकता निम्त्याए”- गौतम

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ६, २०७७



  • काठमाडौं। नेकपा उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अराजकता निम्त्याएको आरोप लगाएका छन्। शुक्रबार अखिल नेपाल किसान महासंघको भेललाई सम्वोधन गर्दै उपाध्यक्ष गौतमले यो तीन वर्षको अवधिमा अध्यक्ष ओलीले जाल झले र तिकडम मात्रै गरेको आरोप लगाएका हुन्।

    पार्टी एकता भइसकेपछि केपी ओलीको व्यवहार कम्युनिष्ट पार्टीको सिद्धान्त र शैली अनुसारको नभएको आरोप लगाउँदै उपाध्यक्ष गौतमले ओलीमा पार्टी संचालन गर्ने योग्यता र क्षमता नै नभएको जिकिर गरे।

    ‘कोर्डिनेशनको जिल्ला सचिव तीन महिना हुनुभयो, त्यहाँ उहाँ टिक्क सक्ने अवस्था नभएपछि उहाँ बाहिरिनु भयो,’ उनले भने, ‘त्यसपछि १४ वर्ष कठोर जेलमा बस्नु भयो। जेलबाट छुटेपटि उहाँ पार्टीको नेतृत्वमा आउनु भयो। उहाँमा पार्टी संगठन कसरी निर्माण गर्नुपर्छ, पार्टीभित्रको अन्तविरोधलाई कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा उहाँलाई ज्ञान नै छैन।’

    सरकारले तीन वटा नीति कार्यक्रम ल्याउँदासमेत संविधानले निर्दिष्ट गरेको भावना अनुसार नभएपछि आफूहरुले पार्टीभित्र संघर्ष सुरु गरेको जिकिर गरे।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij