आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साताको सेयरः निराशामा आशा, बुलिस बाटो तिर नेप्से

  • प्रकाशित मिति : शनिबार, चैत्र ७, २०७७



  • काठमाडौं। अघिल्लो दुई सातादेखि लगातार घट्दै आएको सेयर बजार परिसूचक नेप्से यो साता भने बढेको छ। समग्रमा यो साता नेप्से १६ दशमलव ६० प्रतिशत बढेको छ। नेप्से परिसूचक कारोबारको अन्तिम दुइ दिन मात्रै ८३ अंक भन्दा धेरै वृद्धि भएसँगै २५ सयको मनावैज्ञानिक विन्दु नजिक पुगेको छ। यो सँगै पर्ख र हेर को अवस्थामा रहेका लगानीकर्ताको सक्रियता समेत बढेको छ।

    गत साताको तुलनामा शून्य दशमलव ६९ प्रतिशत वृद्धिसहित यस साता नेप्से सूचक २४ सय ७५ दशमलव ०९ विन्दुमा आइपुगेको छ। गत साता नेप्सेको अन्तिम विन्दु २४ सय ५८ दशमलव ४९ थियो। यस साता सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ६० दशमलव ७० प्रतिशत ले बढेको छ।

    यस्तै यस साता नेपाल हाइड्रो डेभलपर्सको सेयर भाउमा सबैभन्दा धेरै २१ दशमलव २८ प्रतिशतको गिरावट आएको छ। गत साताको तुलनामा यो साता कारोबार रकममा पनि केही सुधार देखिएको छ। यो साता समग्रमा २९ अर्ब ५० करोड भन्दा बढीको कारोबार हुँदा बजार पुँजीकरण पनि ३४ खर्ब २० अर्ब रुपैयाँ नाघेको छ।

    साताको कारोबारको पहिलो दिन निराश भएका लगानीकर्तामा साताको अन्तिम अवस्थामा नयाँ उत्साह देखिएको छ। खासगरी बैकंहरुको अधिक तरलतामा कमी आयसँगै व्याजदर अधिक बढ्ने अनुमान विपरीत थोरै मात्रै बढेकोले पनि बजारमा सुधार आएको लगानीकर्ताहरु बताउँछन्। बजार घट्ने अनुमान विपरित सेयर बजार पुनः लयमा फर्किन थालेको छ। गत बुधबारदेखि क्रमशः सुधार हुँदै नेप्सेले फेरि बुलिसबाटो समात्ने संकेत गरेको छ। वैशाखबाट कम्पनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुने र चैत अन्त्यबाटै सेयर मंहगिन थाल्ने अपेक्षाले पनि लगानीकर्ताले खरिदारी बढाएको देखिएको छ। यो दुईसातामा कम्पनीको सेयर मूल्य एकदमै घटेकोले लगानीकर्ताको आर्कषण पुनः बढेको छ।

    दैनिक कारोबारको हिसावले नेप्से यो साता

    साताको पहिलो दिन आइतबार नेप्से सूचकमा भारी गिरावट आएको थियो। नेप्से परिसूचक ५१ दशमलव २३ अंकले घटेर २४ सय ०७ दशमलव २५ विन्दुमा बन्द भयो। त्यस दिन ४ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यस्तै सोमबार पनि नेप्से घट्यो। त्यस दिन नेप्से परिसूचक १८ दशमलव ०७ अंकले घटेर २३ सय ८९ दशमलव १९ बन्द भएको थियो। त्यस दिन ४ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

    यस्तै साताको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक घट्नेक्रम रोकिएन्। उक्त दिन २ दशमलव ५६ अंकले घटेको बजार २३ सय ९१ दशमलव ७४ विन्दुमा बन्द भयो। त्यस दिन ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यस्तै बुधबार भने नेप्से परिसूचक ४० दशमलव ४० अंकले बढ्यो। लगातार घटीरहेको बजारमा यस दिनले लगानीकर्तामा केही राहत महशुस गरायो। २४ सय ३२ दशमलव १४ अंकमा बन्द भयो। उक्त दिन ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

    यस्तै साताको अन्तिम दिन पनि बजारमा दोहोरो अंकको वृद्धि भएपछि बजारम लगानीकर्ताको आर्कषण थपिएको छ। बिहीबार नेप्से सूचक ४२ दशमलव ९५ अंकले बढेर २४ सय ७५ दशमलव ०९ विन्दुमा पुगेर बन्द भयो। यस दिन ४ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij