आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काँग्रेस क्रियाशील सदस्यता : ९ जिल्लाले अझै सदस्यता नवीकरण गरेनन्

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १०, २०७७



  • काठमाडौं। आगामी भदौंमा १४ औं महाधिवेशन अनिवार्य रुपमा गर्नुपर्ने तयारीका साथ महाधिवेशनमा होमिएको काँग्रेसले चैत १० गतेसम्म पार्टीको क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सक्ने कार्यतालिका बनाएको थियो।

    यो काम सक्न एक दिनमात्र बाँकी रहँदा कार्यतालिकाअनुसार काम भने पूरा नहुने देखिएको छ। क्रियाशील छानविन समिति र पार्टीका पदाधिकारी पूर्वपदाधिकारीको सोमबार बसेको बैठकमा छानविन समितिले क्रियाशील सदस्यता वितरण, नवीकरणबारे भएको प्रगतिबारे जानकारी गराएको छ।

    छानविन समितिका संयोजक रशेम लेखकले हालसम्म ६८ जिल्लाबाटमात्र नवीकरण र वितरणको नाम सफ्टवेयरमा इन्ट्री भएको जानकारी दिए। उनका अनुसार सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पामा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको विवरण ‘इन्ट्री’ को काम नै सुरु भएको छैन।

    काँग्रेसले १० लाख क्रियाशील सदस्यता पुर्याउने लक्ष्य राखेको छ। तीन लाख ९२ हजार सात सय ९४ क्रियाशील सदस्यताको नाम ‘इन्ट्री’ भएको छ। जसमध्ये दुई लाख १२ हजार पाँच सय १९ जनाको नाम नवीकरणमा ‘इन्ट्री’ भएको छ भने एक लाख ८० हजार दुई सय ७५ जनाको नाम नयाँ क्रियाशील सदस्यता लिनेका नाममा ‘इन्ट्री’ भएको छ।कार्यतालिकाअनुसार समयमै नवीकरण र वितरणको विवरण इन्ट्री नगर्ने जिल्लाबारे के भन्ने भन्ने टुंगो भने लागिसकेको छैन।

    संयोजक लेखकले पार्टीले यसअघि चैत १० गतेसम्म नवीकरण तथा वितरणको काम नसक्ने जिल्लालाई महाधिवेशनमा सहभागी नगारउने निर्णय गरे पनि सो अनुसार नहुने संकेत गरे। उनले यो विषयमा नेताहरुबीच छलफल भएर कुनै निष्कर्षमा पुगिने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij