आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वमन्त्री बाँस्कोटा पनि पत्रकार महासंघको सदस्य

  • प्रकाशित मिति : बुधबार, चैत्र ११, २०७७



  • काठमाडौं । पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा नेपाल पत्रकार महासंघको हालसम्म सदस्य कायमै रहेको खुलेको छ ।

    महासंघको निर्वाचन नजिकिएसँगै सार्वजनिक पत्रकारहरुको मतदाता नामावलीबाट बास्कोटा हालसम्म नै महासंघको सदस्य रहेको पाइएको हो ।

    बास्कोटा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत हुन् । ७० करोड भ्रष्टाचार काण्डको अडियो सार्वजनिक भएपछि उनले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।

    बास्कोटाको नाम मदतादा सूचीको दोस्रो नम्बरमै छ । एमाले अध्यक्ष केपी ओली निकट पूर्वमन्त्री बास्कोटाको नाम पनि महासंघको मतदाता सूचीमा देखिएपछि पत्रकारहरुमाझ यो विषयमा चर्चा सुरु भएको छ ।

    कानुनतः पार्टीको केन्द्रीय सदस्य एवम् मन्त्री समेत भइसकेका व्यक्ति पत्रकार महासंघको सदस्य बन्न मिल्दैन ।

    पूर्व पत्रकारसमेत रहेका बास्कोटा २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट सांसद बनेका थिए ।

    कतिपय क्रियाशील पत्रकारकै नाम मतदाता नामावलीमा नभेटिएको गुनासो आइरहेका बेला पूर्वमन्त्री समेतले लगातार सदस्यता नवीकरण गरी मतदाता लिनुको पछाडीको रहस्य भने बहसको विषय बनेको छ । समाचारपत्र

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij