आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसद् बन्धक : अधिवेशनका २० दिन, पाँच बैठक

  • प्रकाशित मिति : शनिबार, चैत्र १४, २०७७



  • काठमाडौं । – २३ फागुन : पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्यो । कार्यसूचीमा रहेको अध्यादेश सभामुखले अगाडि बढाउन खोजेपछि कांग्रेसले बेल घेर्‍यो, नाराबाजी गर्दै अध्यादेश पेस गर्न दिएन । माओवादीले पनि विरोध गर्‍यो, माओवादीका सांसद सदनबाटै बाहिरिए । विरोधकै बीचमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश’ टेबुल भयो, अन्य सातवटा अध्यादेश टेबुल हुन सकेन । विरोधकै बीच सदन स्थगित भयो ।

    – २६ फागुन स् सदनको बैठक शोक प्रस्तावमा मात्रै सीमित भयो । वर्तमान सांसद र पूर्वसांसदसमेत जोडेर १४ जनाको शोक प्रस्ताव पारित गर्दै बैठक सकियो ।

    – ३ चैत स् सभामुखद्वारा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन । संविधानसभा सदस्य दिनेशचन्द्र यादवको शोक प्रस्ताव पारित गरेर बैठक सकियो ।

    – ६ चैत स् दलका प्रतिनिधिले सम्बोधन गरे । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कांग्रेसका तर्फबाट बालकृष्ण खाण, माओवादीबाट पम्फा भुसाल, जसपाबाट राजकिशोर यादव, नेमकिपाबाट प्रेम सुवाल र जनमोर्चाबाट दुर्गा पौडेलले सम्बोधन गरे । प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने विषयले प्रवेश पायो । लोकसेवा आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि पेस भयो ।

    नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij