आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कर्मचारी जान नमान्दा १४० स्थानीय तह निमित्तको भरमा

  • प्रकाशित मिति : बुधबार, चैत्र १८, २०७७



  • देशका १४० स्थानीय तह यतिबेला प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह निमित्तको भरमा सञ्चालित रहँदै आएको छ । स्थानीय तहमा सेवा प्रवाहका लागि कर्मचारी जान नमान्दा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव सिर्जना भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिए पनि निमित्त कर्मचारीले दैनिक अत्यावश्यक कामबाहेक अन्य काम नगर्दा स्थानीय तहमा सेवा प्रवाहमा समस्या भएको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोक सेवा आयोगबाट एक सय जना शाखा अधिकृत र ८८ जना उपसचिव आउने क्रममा रहेकाले तत्कालका लागि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव भएको बताए । “प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तहमा सम्बन्धित स्थानीय तहमा कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गरिएको छ”, उनले भने, “लोक सेवाबाट कर्मचारी पूर्ति नभएसम्मका लागि सेवाग्राहीको काम नरोकिने गरी मन्त्रालयले वरिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी प्रदान गर्दै आएको छ ।”

    उनका अनुसार स्थानीय तह कर्मचारीको रोजाइमा नपरेको, उपमहानगरपालिकामा सहसचिवको दरबन्दी भएकाले उपमहानगरपालिका सहसचिव सेवा प्रवाहका लागि जान नमानेको, सङ्घीय सरकारले प्रशासकीय अधिकृतको दरबन्दी सिर्जना गर्न नसकेको, हाल रहेका शाखा अधिकृत र उपसचिव पनि स्थानीय तहमा जान नचाहेका कारण यति धेरै सङ्ख्यामा कर्मचारी रिक्त रहेका हुन् । सबैभन्दा धेरै प्रदेश २ का स्थानीय तह निमित्तका भरमा चलिरहेका छन् ।

    आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij