प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०७७
काठमाडौं। अध्यक्ष ओलीले आफू पक्षीय नेताहरुलाई धमाधम कारवाही गर्न थालेपछि नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।
शुक्रबार विहान ११ बजे कलंकीस्थित मेगा ब्याङ्क्वेट पार्टी भेन्यूमा बस्ने बैठकमा नेपाली निकट स्थायी कमिटी सदस्य सहभागी हुने बताइएको छ।
पार्टी विधान विपरित काम गरेको आरोपमा वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टीले ६ महिनाका लागि नलिम्बन गरेपछि थप रणनीति तय गर्न नेपाल पक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो। नेपाल समूहले समानान्तर कमिटी विस्तार गर्ने बताउँदै आएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij