आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विरोधीहरू सरकार परिवर्तनको खेलमा छन्– प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : शनिबार, चैत्र २८, २०७७



  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरू सरकार परिर्वतनको खेलमा लागेको बताउनुभएको छ ।

    शनिबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गर्नुभएको हो ।

    भुकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुर्ननिर्माण, अस्पताल र बाटाहरू निर्माणका लागि सरकारले उल्लेखनिय काम गरेको दाबी गर्नुभयो । विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरूले सरकारको विकल्प खोज्नेतर्फ उन्मुख भएको भन्दै उहाँले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई ‘सकुनी’को संज्ञा दिनुभयो ।

    ओलीले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’नै आफूले फ्याकिदिने चेतावनी दिनुभयो ।

    उहाँले भन्नुभयो ‘सरकार परिर्वतनका प्रयासहरू भइरहेका छन् । सरकार परिर्वतन गर्न खोज्नेहरूलाई मैले सोध्ने गरेको छु । सरकार किन परिर्वतन गर्नुपर्यो ? पुर्ननिर्माणका काम अघि बढिरहेकाले हो ? कि अरु केही कारण छन् । हामीले ३ सय ९ वटा अस्पतालको एकैचोटी सिलन्यास गर्यौ, धमाधम बन्दैछन् । त्यसकारणले हो ?’

    उहाँले थप्नुभयाे, ‘१ सय ६५ वटा बाटाहरु एकैपटक सिलन्यास गर्यौ र बन्दैछन् । त्यसकारणले हो ? एकहप्ता भित्र देश भित्र नयाँ ८ वटा औद्योगिक क्षेत्रहरु स्थापना गर्यौ । त्यसकारणले हो ? केही पनि भएन भन्नुहुन्छ उहाँहरु । यो त लखनौको एक्काको घोडाले पनि देख्छ यो भन्दा बढी त । त्यसले बाटो त देख्छ । यी त बाटो पनि देख्दैनन् । मलाई अचम्म लाग्छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij