आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेसले सदस्यताको विवरण केन्द्रमा बुझाउने म्याद थप्दै

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०७७



  • काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ ।

    यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो समयावधि पुनः थप्नुपर्ने बाध्यता देखिएको छ ।

    हालको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत ३० गतेसम्म तोकिएको छ । आइतबार साँझसम्म नयाँ र नवीरकण गरी करिब साढे पाँच लाख क्रियाशील सदस्यता मात्र पार्टीको वेभसाइटमा अपलोड भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । यसमा विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने समावेश छैन । त्यस्तै पाँच जिल्लाको क्रियाशील सदस्यता सम्पूर्ण विवरण नै अपलोड हुन बाँकी छ ।

    पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको अनौपचारिक बैठकमा पनि क्रियाशील सदस्यता विवरण बुझाउने म्याद कम्तीमा १० दिन थप्नुपर्ने सम्बन्धमा छलफल भएको बताइएको छ । कांग्रेसले आसन्न महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफलमा गर्न केन्द्रीय समिति बैठक सोमबार बोलाएको छ ।

    कांग्रेसको १३औँ महाधिवेशनमा करिब चार लाख ९० हजार क्रियाशील सदस्यता रहेकामा आसन्न १४औँ महाधिवेशनसम्म शतप्रतिशत थपेर दोब्बर पुर्‍याउने लक्ष्य रहेको उनले जानकारी दिए । कांग्रेसले क्रियाशील सदस्यताको विवरणलाई व्यवस्थित बनाउन सबै जिल्ला कार्य समितिलाई पार्टीको वेभसाइटमा अपलोड गर्ने व्यवस्था गरेको छ । कांग्रेसको नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु २०० छ भने नयाँ क्रियाशील सदस्यता आवेदन शुल्क रु ३०० रहेको छ ।

    कांग्रेसले पार्टीको गाउँ\नगर वडा अधिवेशन विसं २०७८ असार २० गते, गाउँ\नगरपालिका अधिवेशन आगामी असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन\एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौं गर्ने तालिका निर्धारण गरेको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij