आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मन्त्रिपरिषद बैठक : तत्काल कुनै पनि क्षेत्र बन्द नहुने

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ३१, २०७७



  • काठमाडौं । सरकारले कोरोना संक्रमणको परिस्थिति हेरेर मात्र लकडाउन र शैक्षिक संस्था बन्दको निर्णय लिने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मुलुकमा कोरोना संक्रमणको दोश्रो लहर फैलिएको ठहर गर्दै स्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने र परिस्थिति हेरेर मात्र निर्णय लिने निश्कर्ष निकालेको हो ।

    बैठकले शनिबार कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल गरेको थियो । तर, बैठकले तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्ष निकाल्न नसकेको स्रोतले बताएको छ ।

    सीसीएमसीले कोरोना संक्रमण बढेको भन्दै शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो । सीसीएमसीको सो प्रस्ताव लगत्तै सरकारले सरोकारवाला निकायहरुसँग समेत छलफल गरेको थियो ।

    प्याब्सन लगायतका संघ संगठनहरुले भने जनस्वास्थ्यका मापदण्डलाई जारी गरेर विद्यालय खोल्नुपर्नेमा जोड दिँदै आएका छन् । सोमबार मात्रै मुलुकमा ५०० भन्दा बढी संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij