आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काम छोडेपछि पनि बैंक खातामा आउँथ्यो तलब, १५ वर्षमा पौने ८ करोड रुपैयाँ झ्वाम

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १४, २०७८



  • काठमाडौं। जागिर गर्नेहरु महिना बितेपछि तलब आउने प्रतिक्षा गर्छन् । यसका लागि उनीहरु कडा मेहनत गर्छन् । तर, एक व्यक्तिले १५ वर्षदेखि काम गरेका थिएनन् तर उनको बैंक खातामा तलब भने आइरहन्थ्यो । इटलीको समाचार एजेन्सी अन्सालाई उद्धृत गर्दै बीबीसीले लेखेअनुसार यी व्यक्ति इटलीको मेडिकल विभागमा काम गर्थे । उनले कुनै सूचना नदिइ १५ वर्षअगाडि काम गर्न छाडेका थिए ।

    उनी काममा जान छाडे पछि १५ वर्षसम्म उनको बैंक खातामा तलब भने गइरहेको थियो । यो अवधिमा प्रत्येक महिना उनको खातामा पैसा जम्मा हुन्थ्यो । यो कुराको खुलासा भएपछि उनीमाथि धोकाधडीको आरोप लगाइएको छ । उनको खातामा तलब गइरहेको कुराको खुलासा पनि निकै रोचक तरिकाले भएको थियो । उनको खातामा सघैं त्यही दिन पैसा जम्मा हुन्थ्यो जुन दिन अन्य कर्मचारीको खातामा पैसा जम्मा हुन्थ्यो । विगत १५ वर्षदेखि यो क्रम जारी थियो ।

    रिपोर्टका अनुसार २००५ मा यी व्यक्तिको आफ्ना म्यानेजरसँग झगडा भएको थियो । उनले म्यानेजरलाई धम्की पनि दिएका थिए तर त्यसको केही समयपछि नै म्यानेजरले अवकाश पाइन् । आरोपी त्यसपछि कार्यालयमा अनुपस्थित हुन थाले र यस्तो गर्दागर्दै १५ वर्ष बित्यो । हालै पुलिसले अर्को एउटा धोकाधडीको केसमा अनुसन्धान गर्ने क्रममा अनुपस्थित रहनेहरुको जाँच गरिरहेको थियो । अर्कै जाँचको क्रममा उनी पनि अनुपस्थित रहेको पुलिसले थाहा पाएपछि यसको खुलासा भएको हो ।

    पुलिसले विभागसँग यस विषयमा सोधपुछ गर्न थालेपछि धेरै खुलासा भए । जाँचमा मानव संसाधन विभाग र नयाँ म्यानेजरलाई यसबारे थाहा नै नभएको खुलासा भयो । यतिमात्र होइन अन्य कर्मचारीहरुले पनि आरोपी किन कार्यालय आइरहेका छैनन् भनेर जान्ने कोसिस गरेनन् । जाँचमा यसमा विभागका अन्य ठूला अधिकारी पनि संलग्न हुन सक्ने आशंका बढेकोले पुलिसले यसतर्फ पनि अनुसन्धान गरिरहेको छ ।

    रिपोर्टमा यी व्यक्तिको पहिचान खुलाइएको छैन । यी व्यक्तिलाई १५ वर्षमा ५ लाख ३८ हजार युरो (७ करोड ७७ लाख रुपैयाँ) तलब दिइएको छ । उनको उमेर ६७ वर्ष भएको रिपोर्टमा जनाइएको छ । विभागका ६ जना म्यानेजरमाथि यो घटनामा संलग्न हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij