आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अस्पतालबाटै शाहीको विज्ञप्ति : ‘संसद् जाने तयार हुँदा बेहोस भएछु, पार्टीको निर्णयमा प्रतिबद्ध छु’

  • प्रकाशित मिति : बिहिबार, बैशाख १६, २०७८



  • काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद खिमविक्रम शाहीले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला आफू विरामी भएकाले उपस्थित हुन नसकेको बताउनुभएको छ ।

    बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सदनको कार्यसूची बमोजिम मुख्यमन्त्री माथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने समयमा अचानक विरामी भइ बेहोस भएकाले उपस्थित हुन नसकेको बताउनुभएको हो ।

    विज्ञप्तिमा भनिएको छ, ‘सदनमा जाने भनि तयारी अवस्था रहेका बेला अचानक विरामी भइ भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल जाँदै गर्दा बेहोस् भएछु । म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्य क्रमिक सुधार भइरहेको महसुस गरेको छु ।’

    पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफू प्रतिबद्ध रहेको शाहीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । यसबीचमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट पार्ने उहाँको भनाइ छ ।

    प्रदेशसभा बैठक चलिरहेका बेला बेपत्ता भनिएका सांसद शाहीको चरक अस्प्तालको आईसीयूमा भेटिनुभएको थियो । हिजो मात्रै उहाँको दुई वटा कोरोना परीक्षण रिपोर्ट सार्वजनिक भएको थियो ।

    जसमध्ये एकमा नेगेटिभ र अर्कोमा पोजेटिभ देखिएको थियो । हिजो साँझ स्वाब संकलन गरी गरिएको परीक्षणमा भने उहाँमा कोरोना पोजेटिभ देखिएको छ ।

    अस्पतालबाटै शाहीको विज्ञप्ति : ‘संसद् जाने तयार हुँदा बेहोस भएछु, पार्टीको निर्णयमा प्रतिबद्ध छु’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij