आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकार आफ्नो दायित्वबाट पन्छिन मिल्दैन : चिकित्सक संघ

  • प्रकाशित मिति : शनिबार, बैशाख १८, २०७८



  • काठमाडौं । सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    नागरिक स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार आफ्नो दायित्वबाट पन्छिन नमिल्ने चिकित्सक संघको ठहर छ ।

    संघका अध्यक्ष लोचन कार्की र महासचिव बद्री रिजालले जारी गरेको विज्ञप्तिमा, महामारीको सुरु अवस्थामा नै सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताइएको छ ।

    महामारीसँग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु शनिबारको आवश्यकता रहेको उनीहरुले बताएका छन् ।

    संक्रमितको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गइरहेको भन्दै संघले उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्यसम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित ब्यवस्थापन गर्न पनि माग गरिएको छ ।

    महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झै आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको पनि संघले स्पष्ट पारेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij