आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१२ अंकले घट्यो नेप्से, साढे ७ अर्बको कारोबार

  • प्रकाशित मिति : सोमवार, बैशाख २०, २०७८



  • सोमबार सेयर बजारको परिसूचक नेप्से १२ अंकले घटेको छ।

    सो अंकको गिरावटपछि परिसूचक २६५२ अंकमा कायम भएको छ। सेयर बजार घटे पनि कारोबार रकममा भने कमी आएको छैन। ७ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

    माइक्रोफाइनान्स र लगानीबाहेकका सबै समूह घटेका छन्। माइक्रोफाइनान्स ६९ अंकले बढ्दा लगानी समूह १ अंकमुनि हरियो रह्यो। बैंकिङ ९, ब्यापार १५, होटल तथा पर्यटन १२, विकास बैंक २२, जलविद्युत ३२, फाइनान्स ९, निर्जीवन बीमा ८०, उत्पादन ६४, अन्य ३२ र जीवन बीमा समूह ९० अंकले घटेका छन्।

    यस दिन विशाल बजार कम्पनी र महिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै सिंगटी हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढेको छ।

    आजको कारोबारपछि विशाल बजारको मूल्य ६१६८ रुपैयाँ पुगेको छ। महिलाको मूल्य प्रतिकित्ता ३७८० रुपैयाँ पुगेको छ। सिंगटी हाइड्रोको मूल्य ४३१ रुपैयाँ पुगेको छ।

    त्यस्तै गुमाउनेमा अरुण भ्यालीका लगानीकर्ता अगाडि रहे। सो कम्पनीको मूल्य २.६ प्रतिशतले घटेको छ। माउन्टेन इनर्जीको मूल्य २.५ प्रतिशतले घटेको छ।

    कारोबारका आधारमा जलविद्युत लगानी तथा विकास कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ४७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य २.३ प्रतिशतले बढेर प्रतिकित्ता ४८५ रुपैयाँ कायम भएको छ।

    त्यस्तै पुनर्बीमा कम्पनीको ४५ करोड रुपैयाँ बराबरको कारोबार भयो। मूल्य प्रतिकित्ता १५२५ रुपैयाँ पुगेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij