प्रकाशित मिति : बुधबार, बैशाख २२, २०७८
नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन्।
डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर नेकपा माओवादी केन्द्रको उम्मेदवारको पक्षमा उभिएको भन्दै मंगलबार समाचार सार्वजनिक भएको थियो।
बुधबार प्रदेशसभा सचिवालयमा आएर उनले राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेशसभा सचीव दुर्लभ कुमार पुनले प्रदेशसभा सदस्य डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको जानकारी दिए। ‘उहाँले संविधानको धारा १८० को क अनुसार राजीनामा दिनुभएको छ, सभामुखज्युले प्रक्रिया अगाडि बढाउन भन्नुभएको र सचिवालयले प्रक्रिया अगाडि बढाएको छ’, पुनले भने।
मुख्यमन्त्री पोखरेलकै गृह जिल्लाका डाँगीले पोखरेलको साथ छोडी माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा आएको समाचार मंगलबार नै सार्वजनिक भएको थियो।
घोराही उपमहानगरपालिकाका पूर्वमेयर समेत रहेका डाँगी यअसघि एमाले भित्र माधवकुमार नेपाल पक्षधर मानिन्थे।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij