आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलीलाई सच्चिएर आउन नेपाल समूहले दियो आज बिहान ९ बजेसम्मको अल्टिमेटम

  • प्रकाशित मिति : सोमवार, बैशाख २७, २०७८



  • काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिएर आउन आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

    सर्वोच्च अदालतको आदेशले दुईवटा पाटीको एकतालाई भंग गरेपछि पार्टीलाई पुर्ववत रुपमा नै संञ्चालन गर्नुपर्ने अडान लिदै आएको सो समूहले सोही अडानमा अडिग रहदै त्यसमा अध्यक्षको प्रतिवद्धता खोजेको हो ।

    खनाल नेपाल समूहका सांसदहरुको हिजो सिंहदरबारमा बसेको बैठकले अध्यक्ष ओलीलाई २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिवद्धताका लागि आज बिहान ९ बजे सम्मको समय दिएको हो ।

    नेता योगेश भट्टराईले ९ बजेसम्म प्रधानमन्त्री एवं पार्टी अध्यक्षको आफुहरुको मागका सम्बन्धमा प्रतिवद्धता नआए त्यसपछि कठोर निर्णय गर्ने चेतावनी दिनुभयो ।

    प्रधानमन्त्रीको तर्फबाट पार्टी संगठनलाई पूर्ववत अवस्थाबाट संञ्चाल गर्र्ने प्रतिवद्धता नआए नेपाल पक्षका सांसदहरुले सांसद पदबाट नै राजीनामा गर्ने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij