आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पार्टी फुटाउन माधव नेपाललाई उचाल्दै बामदेव गौतम

  • प्रकाशित मिति : सोमवार, बैशाख २७, २०७८



  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बैठकमा माधव नेपाल पक्षले विद्रोह गर्न सक्ने परिस्थिति बनिरहेका बेला नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधव नेपाललाई पार्टी विभाजन गर्न उक्साउने किसिमको अभिव्यक्ति दिएका छन् । उनले यदि माधव नेपालले पार्टी विभाजन गरे आफू माधव नेपालको पक्षमा लाग्ने बताएका छन् ।

    माधव नेपाल पक्ष पार्टीभित्र महिनौंदेखि असन्तुष्ट रहेको र एमाले विभाजन हुन सक्ने आँकलन गरिएका बेला गौतमको ‘आगोमा घिउ थप्ने’ खालको अभिव्यक्ति आएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताको विन्दुबाट अघि बढ्न आग्रह गर्दै आएका गौतमले अध्यक्ष ओली त्यो विन्दुमा फर्किन असहमत भएपछि माधव नेपालतिर जाने संकेत गरेका हुन् ।

    स्मरणीय छ बामदेव गौतमले यसअघि पनि नेकपा एमाले विभाजन गरिसकेका छन् । तत्कालीन समयमा मनमोहन अधिकारी आलंकारिक अध्यक्ष र माधवकुमार नेपाल कार्यकारी महासचिव रहेका बेला गौतमले २०५४ सालमा एमाले विभाजन गरेका थिए । तर, पछि बामदेव एमालेमै फर्किएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij