प्रकाशित मिति : सोमवार, बैशाख २७, २०७८
काठमाडौं। जनता समाजवादी पार्टीमा देखिएको विवादका बीच सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा भएको मतविभाजनमा एक अनौठो दृश्य देखियो। रोष्टममा उभिएर जसपाका एक अध्यक्षले आफ्नो पार्टी तटस्थ बस्ने घोषणा गरे भने अर्का अध्यक्षले प्रस्तावको विपक्षमा मतदान गर्ने घोषणा गरे।
एउटै पार्टीका दुई अध्यक्षले फरक फरक घोषणा गरेपछि मतविभाजनका क्रममा पनि सो पार्टी सांसदहरु फरक फरक लबीमा छिरेर मतदान गरे। महन्थ ठाकुर पक्षका १५ जना सांसदले प्रस्तवमा तटस्थ रहने भन्दै ‘मत दिन्न’ भने भने उपेन्द्र यादव पक्षका सांसदहरुले विपक्षमा मत दिए।
तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)का महेन्द्र राय यादवबाहेक अन्य सबै सांसदहरु तथस्ट रहे। सोमबार भएको यो मत विभाजनसँगै जसपाको शक्तिसन्तुलबारे पनि स्पष्ट भएको छ। जसपामा ठाकुर र यादव समूहबीच विवाद भइरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij