प्रकाशित मिति : शनिबार, जेष्ठ ८, २०७८
काठमाडौं। सत्तारुढ दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक शनिशार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।
प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पार्टीको रणनीति र यसबीचमा माधव नेपाल पक्षले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराउन भूमिका खेलेको विषय बैठकको एजेण्डा रहेको बताइएको छ।
आजको बैठकमा नेता नेपाल पक्षका नेताबारे आवश्यक छलफल गरी कारवाही प्रक्रिया अगाडि बढाउने विषयमा निर्णय हुनसक्ने बताइएकाे छ। त्यसको अतिरिक्त सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा तोकिएको आगामी निर्वाचनको तयारी विषयमा समेत छलफल हुनसक्ने बताइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij