आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माधव नेपालको साथ छाड्दै उनका सारथीहरु, थप ७ जनाले छाडे साथ

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १०, २०७८



  • काठमाडौं । तत्कालिन नेकपा कायम रहँदा वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरुको संख्या करिब ४० थियो। आइतबारसम्म आइपुग्दा यो संख्या थप घटेको छ। र १९ जनामा सिमित बनेको छ।

    सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माधवकुमार नेपाल नेताहरुले उनलाई छाड्नेक्रम शुरु भएको हो। चैत ३ र ५ गते काठमाडौंमा आयोजित माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलामा प्रतिनिधिसभाका ३७ जना सांसदको सहभागिता रहेको थियो। त्यसपछि विस्तारै नेताहरुले माधव नेपालको साथ छाड्न थालेका हुन्। शुरुमा शेरबहादुर तामाङले नेता नेपालको साथ छाडेका थिए।

    त्यसपछि गएको वैशाख २६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमा माधव समूहले अनुपस्थित हुने निर्णय लियो। सो निर्णय लिँदा अनुपस्थित हुने सांसदको संख्या २८ रह्यो। अथवा त्यसपछि पनि नेता नेपाललाई साथ छाड्ने नेताहरुको संख्या बढ्यो। राजबहदुर बुढा, पार्वती विशुंखे, धुर्बशाही, गंगादेवी चौधरीलगायतले प्रतिनिधिसभामा अनुपस्थित हुने निर्णयको विरोध गरे।

    गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन गरेको आव्हानमा माधव समूहले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने निर्णय गर्यो। यो निर्णय हुँदा माधव समूहका थप दुईजनाले साथ छाडे। देउवाको समर्थन गर्दै हस्ताक्षर गर्दा माधव समूहका महत्वपूर्ण मानिएका नेता योगेश भट्टराई र जयकुमार राईले हस्तक्षर गरेनन्। र केही नेताहरुले हस्ताक्षर दुूपयोग भएकोसमेत आरोप लगाए।

    तर त्यसदिन दुरुपयोग भएको आरोप लगाउने मध्ये केही सांसदहरुले आइतबार सर्वोच्च अदालतमा दायर गरिने रिटमा भने हस्ताक्षर गरेका छन्। तर, २६ जनाले देउवालाई समर्थन गरेकोमा अब १९ जनाले मात्र रिटमा हस्ताक्षर गरेका छन्।

    ती २७ जना मध्ये गणेश पहाडी, यज्ञराज सुनुवार, मेटमणि चौधरी, पवित्रा खरेल निरौला, गोकर्ण विष्ट, दीपप्रकाश भट्ट र नारायण प्रसाद खतिवडाले रिटमा हस्ताक्षर गरेका छैनन्। माधव समूहका नेताहरुले उनीहरुको पनि सोमबारसम्म हस्ताक्षर संकलन हुने दावी गरेका छन्। तर, आइतबार उनीहरुले हस्ताक्षर नगर्नुले उनीहरु ओलीको समर्थनमा जानेक्रममा रहेको बुझिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij