आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारले खरानीको व्यापार गर्न घर जलाउन खोज्यो : देउवा

  • प्रकाशित मिति : बुधबार, जेष्ठ १९, २०७८



  • काठमाडौं, जेठ १९ । नेपाली कांग्रेसले चुरे दोहोन नीतिबाट तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न माग गरेको छ ।

    सभापति शेरबहादुर देउवाले बुधबार साँझ विज्ञप्ति जारी गर्दै चुरे दोहन गरेर व्यापार घाटालाई न्यून गर्न खोज्नु भनेको खरानीको व्यापार गर्न घर जलाएजस्तै भएको बताउनुभएको छ ।

    सरकारले असंवैधानिक कदममार्फत ल्याएको बजेटमा चुरे दोहन हुने नीति अवलम्वन गर्नुलाई पार्टीले गम्भीर रूपले लिएको उहाँले बताउनुभयो ।

    चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्दा पर्यावरणमा गम्भीर असर पर्ने अध्ययनले देखाए पनि गल्ती सच्याएर अघि बढ्नु पर्नेमा दोहन गर्न सरकारले प्रोत्साहन गर्नु प्रकृति विरूद्धको अपराध भएको उहाँले बताउनुभयो ।

    सरकारले तराई मधेस क्षेत्रलाई मरुभूमिकरण षर्ने षड्यन्त्र गरेको उनको आरोप छ ।

    ‘देशले वर्सौंदेखि व्यापार घाटा व्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन,’ विज्ञप्तिमा भनिएको छ ‘अतः नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरी हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ।’

    सरकारले खरानीको व्यापार गर्न घर जलाउन खोज्यो : सभापति देउवा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij