प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१, २०७८
नवलपरासी, जेठ २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ताबारे कसैसँग पनि छलफल नभएको बताउनुभएको छ ।
शुक्रबार नवलपरासीमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनता सामाजवादी पार्टीका नेता महन्थ ठाकुर समूहसँग मिलेर नयाँ पार्टी दर्ता गर्न लागेको भन्ने हल्ला निराधार भएको बताउनुभएको हो ।
जसपाको महन्थ पक्ष सरकारमा समावेश हुने भएपछि आफू खुसी भएको उहाँको भनाई थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij