प्रकाशित मिति : सोमवार, जेष्ठ २४, २०७८
काठमाडौं। पार्टीलाई पुरानै अवस्थामा फर्काउनु पर्ने आफूहरुको मुख्य माग सम्वोधन गर्न अध्यक्ष केपी शर्मा ओली सशर्त तयार भएपछि सो विषयमा आफ्नो धारणा तय गर्न माधव नेपाल समूह आन्तकि परमार्शमा जुटेको छ।
समानान्तर गतिविधि गर्दै नयाँ पार्टी गठनको तयारी गरिरहेको माधव नेपाल समूहको माग सम्वोधन हुने गरी पार्टी चलाउने प्रस्ताव गरेपछि माधव नेपाल समूह आन्तरिक परामर्शमा जुटेको हो।
‘अध्यक्षको प्रस्तावका विषयमा अहिले नै उहाँले सार्वजनिक गर्नुपर्ने कही पनि कुरा छैन। अब अहिले अर्चुअल माध्यमबाट नेताहरुसँग परामर्श गरेपछि सो विषयमा धारणा सार्वजनिक हुन्छ,’ माधव नेपाल निकट स्रोतले भन्यो, ‘अहिले अध्यक्षले प्रस्ताव गर्नु भएको ६ बुँदाका विषयमा उहाँ मिहिन ढंगले अध्ययनमा हुनुहुन्छ।’
नेपाल समूहले आजै यो विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने नेपाल निकट स्रोतले जनाएको छ। पार्टीलाई पुरानै अवस्थामा फर्काउन ओली तयार भएपछि नेपाल समूह नैतिक दबावमा परेको छ।
विशेष गरी युवा नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेता एकताको पक्षमा छन् । माधव नेपाल समूहले मुख्य माग पार्टीलाई पुरानै अवस्थामा फर्काउनुपर्ने थियो। सो मागमा ओलीले सकारात्मक जवाफ दिएपछि एमालेभित्रको विवाद समाधान हुने अपेक्षा गरिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij