प्रकाशित मिति : सोमवार, जेष्ठ ३१, २०७८
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सोमबार गृहजिल्ला सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ ।
स्वास्थ्य संस्थाहरुको अनुगमनका लागि सभामुख सापकोटा सिन्धुपाल्चोक जान लाग्नु भएको हो ।
सभामुख सापकोटाले बाह्रबिसे नगरपालिका स्थित बाह्रबिसे स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई डिजिटल एक्स्रे मेसिनलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij