आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पार्टी एकताका लागि नेपाल समूह जेठ ३ मा फर्किन तयार रहेकाे संकेत

  • प्रकाशित मिति : शुक्रबार, असार ४, २०७८



  • काठमाडौं। वरिष्ठ नेता झलनाथ खनाल थप उपचार गर्न दिल्ली जाने दिन विज्ञप्ति जारी गरी विगतका सबै कुरा बिर्सिएर पार्टी एकता गर्न आह्वान गरेपछि संस्थापन पक्षमा उत्साह देखियो भने माधव नेपाल समूहभित्र असन्तुष्टि देखिएको छ। तर खनालको विज्ञप्तिसँगै माधव नेपाल समूहमाथि एकतका लागि दबाव बढेको छ।

    पछिल्लो समय अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल समूहका दोस्रो तहका नेताहरु घनिभूत छलफलमा छन्। उनीहरु पार्टीलाई जोखाउन दुवै पक्ष लचक हुनुपर्ने भन्दै सहमतिको प्रयासमा छन्। अध्यक्ष ओली पार्टीलाई जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार भएपछि माधव नेपालमाथि एकताका लागि झन दबाव बढेको छ।

    अझ वरिष्ठ नेता खनालले पार्टी एकताका लागि भन्दै विज्ञप्ति जारी गरेपछि नेपाल समूहमा पक्ष र विपक्षमा तीव्र प्रतिक्रिया उत्पन्न भएका छन्। केही नेताहरुले खनालको विज्ञप्तिमाथि नै शंका गरेका छन् भने केही नेतहरुले त्यसको स्वागत गरेका छन्।

    नेपालमाथि पार्टी एकतका लागि दबाव बढ्दै गएपछि एमाले एकताको संभावना बढेर गएको बताइएको छ। आफ्नो समूहभित्र एकतका लागि तीव्र दबाव बढेपछि नेपाल समूहको बिहीबार स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकले पार्टी एकताका लागि जेठ ३ को अवस्थामा फर्किन तयार रहेको संकेत गरेको छ।

    बैठकपछि जारी विज्ञप्तिमा जेठ ३ पछि स्थायी कमिटीमा प्रवेश गरेका नेताहरूसमेत समेटिएपछि नेपाल समूह सकारात्मक रहेको संकेत मिलेको चर्चा हुन थालेको छ।

    माधव नेपालको एकल हस्ताक्षर रहेको विज्ञप्तिमा जेठ ३ पछि स्थायी कमिटीमा प्रवेश गरेका नेताहरूको पनि नाम छ। तत्कालीन समयमा नेकपा माओवादी केन्द्रसँग एकता हुँदा थप भएका बेदुराम भुसाल, रघुजी पन्त र प्रमेश हमालको नाम स्थायी कमिटी सदस्यमा राखेर विज्ञप्ति जारी भएको हो।

    हमाललाई पदेन स्थायी कमिटी सदस्य भनिएको छ। हमालबाहेक दुई जना जेठ ३ पछि मात्रै कमिटीमा आएका हुन्। सो समयमा नयाँ स्थायी कमिटी सदस्य थप्दा ओली पक्षबाट रघुवीर महासेठ र विष्णु रिमाल स्थायी कमिटीमा प्रवेश गरेका थिए। यस्तै, माधव पक्षका बेदुराम भुसाल र रघुजी पन्त थिए।

    अहिले स्थायी कमिटी सदस्यकै रूपमा नेताहरू पन्त र भुसाल बैठकमा पनि सहभागी भइरहेका छन्। नेपाल पक्षले यसलाई एकताका लागि ओली तयार भए समाधान गर्न सकिने समस्याका रूपमा व्याख्या गर्दै आएको छ भने, ओली समूह एकतापछिको एमालेमा आउन नेपाल समूह तयार रहेको संकेत मिलेको बताउँदै आएको छ।

    अध्यक्ष ओलीले सबै संरचनाहरूलाई जेठ ३ अघिको अवस्थामा फर्काउन तयार भन्दै एकताको प्रस्ताव गरे पनि नेपाल समूहले अस्वीकार गरेको थियो। तर, अहिले आफ्नो पक्षका स्थायी कमिटीमा सोहीअनुसार काम कारबाही जारी राख्ने र एकताको प्रस्ताव अस्वीकार गर्ने प्रवृत्तिको उद्देश्य एकता नभई अरू नै भएको ओली पक्षको आरोप छ।

    नेपाल समूहको माग भनेको नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीहरू सोहीअनुसार भए ग्यारेण्टी भए मात्रै एकता सम्भव हुने बताउँदै आएको छ। अहिले नेपाल समूहलाई ओलीको प्रस्तावअनुसार अगाडि बढ्ने कि गठबन्धनमै रहने भन्ने अन्योल पनि छ।

    तर, प्रभावशाली केही नेताहरू जसरी पनि एकता गर्नैपर्ने अडानमा रहेका कारण नेपाल स्वयं धर्मसंकटमा छन्। विशेषगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएपछि नेपाल समूहलाई नैतिक संकट पनि परेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij