आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमालेको वार्ता विथोलिएको संकेत

  • प्रकाशित मिति : मङ्लबार, असार ८, २०७८



  • काठमाडौं। सत्तारुढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि भएका दर्जनौ पटकका अनौपचारिक वार्ताले सहमति जनिक पुगेको चर्चा भइरहेका बेला सो वार्ता विथोलिएको संकेत देखिएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले सामाजिक सञ्जालमा सोमबार साँझ गरेको टिप्पणीले वार्ता विथोलिएको संकेत गरेको हो।

    सोमबार नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पार्टी एकताका लागि अधिकतम लचक हुँदा त्यसलाई कमजोरीका रुपमा लिइएको बताएका छन्। नेता नेपालले यो स्टाटस लेख्नुअघि सोमबार नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यसँग छलफल गरेका थिए। सोमबार दिउँसो नेता नेपाल निवास कोटेश्वरमा यो छलफल भएको थियो। यी नेताहरुलाई ओली पक्षसँग वार्तामा सहभागी थिए। वार्तामा सहभागी नेताहरुसँगको छलफलपछि नेता नेपालले दिएको सार्व जनिक टिप्पणीले एमालेमा समाधानको बाटो नभेटिएको स्पष्ट गरेको छ।

    नेता नेपालले लेखेका छन्, ‘स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो। जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’

    उनले कर्णाली प्रदेशका ४ जना सांसदको पदबहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध ओली समूह पुनरावलोकनमा गएपछि थप शंका बढेको बताएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आइतबार सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गएको छ।

    नेता नेपालले लेखेका छन्, ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ।अ सल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij