आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कानूनी रुपमा मात्र विभिजन हुन बाकिँ एमाले, दुवै पक्ष फुटको नजिक

  • प्रकाशित मिति : मङ्लबार, असार ८, २०७८



  • काठमाडौं, असार ८ । अन्ततः नेपाल कम्युनिष्ट पार्टी एमाले विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटीकै निरन्तरता चाहने र वरिष्ठ नेता माधवकुमार नेपाल समूह कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन तयार नहुने परिस्थितिले एमाले विभाजनको डिलमा पुगेको हो ।

    वार्ताको नाटक मञ्चन गरिरहने तर एमाले महाधिवेशन कमिटीलाई निरन्तरता दिने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको प्रयासमा पार्टी एकता भंगको अभिप्राय लुकेको टिप्पणी वरिष्ठ नेता माधवकुमार नेपालले गरिसक्नु भएको छ । राजनीतिक हिसाबले पार्टी फुटिसकेको तर ओली कानुनी रुपमै एमाले विभाजनमा लागेको आरोप नेपाल निकट नेता विरोध खतिवडाले लगाउनु भएको छ ।

    ओलीले प्रतिनिधि सभा विघटनको निर्णय नसच्याएको, एमाले नेताहरुलाई अनुचित कारबाही गरेको र नवौं महाधिवेशनबाट निर्वाचित कमिटी तथा विधान लागू गर्न सर्वोच्च अदालतले दिएको आदेश विपरित महाधिवेशन आयोजक कमिटीलाई कायम राख्न अदालतमा भ्याकेटको माग गरेपछि पार्टी एक हुने सम्भावना लगभग समाप्तभएको नेपाल पक्षको ठहर छ ।

    उसो त ओलीपक्षले पनि नेपाल पक्षले एमाले फुटाउनै खोजेको आरोप लगाएको छ । पार्टी अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन दिएको निर्देशन नमानेर नेपाल पक्षले एमाले विभाजन नै रोजेको ओली निकट नेता खेम लोहनीको भनाई छ ।

    दुबै पक्षले एमाले कानुनतःविभाजित हुन मात्र बाँकी रहेको जिकिर गरिरहँदा एकताका लागि भइरहेको भनिएको वार्ता निरर्थक बन्ने देखिएको छ । दुबै पक्षका नेताको भनाईलाई आधार मान्ने हो भने एमाले फुटेको घोषणा हुन मात्र बाँकी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij