प्रकाशित मिति : बुधबार, असार ९, २०७८
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले उपेन्द्र यादव पक्षका दुई जना प्रदेश सभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादव र पुर्मती ढेंगालाई स्पष्टीकरण सोधिएको हो।
लुम्बिनी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको जसपाका कार्यकारिणी सदस्य केशव झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij