आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रकाशमान, शशांक र बिमलेन्द्रले पौडेल र सिटौलासँग छलफल गर्ने, केन्द्रीय सदस्यसँग भने शुक्रबार बैठक

  • प्रकाशित मिति : मङ्लबार, असार १५, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले महाधिवेशन र नेतृत्वकै विषयमा नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग छलफल गर्ने निर्णय गर्नुभएको छ ।

    सिंह निवास चाक्सीबारीमा तीन नेताबीच भएको छलफलमा आउने शुक्रबार महामन्त्री कोइरालाको टोखास्थित निवासमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने निर्णय पनि गरिएको छ ।

    बैठकपछि नेता सिंहले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा कसको नेतृत्वमा मैदानमा जाने भन्नेबारे तीन नेताबीच छलफल भएको जानकारी दिँदै आफूहरुबीचको छलफलले कार्यकर्तामा उत्साह जागाएको दाबी पनि गर्नुभयो ।

    सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी हुनुहुन्छ । निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिनुहुन्छ भने सिंह र कोइराला संसथापन इतरमा हुनुहुन्छ ।

    संस्थापनका तर्फबाट सभापति देउवाले आउने कार्यकाल पनि आफै नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेपछि निधि तीन नेताबीच एकता गर्दै नेतृत्वमा पुग्ने वैकल्पिक बाटो खोज्दै हुनुहुन्छ ।

    त्यसैका लागि तीन नेताबीच छलफलको शुरुवात पनि उहाँले नै गर्नुभएको थियो । पहिलो चरणमा निधिको निवासमा छलफल गर्नुभएका उहाँहरु दोस्रो पटक कोइराला निवासमा बस्नुभएको थियो ।

    कांग्रेसमा महाधिवेशन नजिकिँदै गर्दा आफूनुकूलका समीकरण बनाउने र पदीय भागबण्डा गर्ने प्रयास भइरहेका छन् ।

    संस्थापन पक्षमा देउवाका अतिरिक्त निधिले पनि नेतृत्वका लागि इच्छा देखाउँदा इतर पक्षमा भने कोइराला र सिंहका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शेखर कोइराला पनि सभापतिको दावेदार हुनुहुन्छ ।

    १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएका कृष्ण सिटौला र नेताहरु अर्जुनरसिंह केसी र डा.रामशरण महतको भूमिका यस महाधिवेशनमा के हुन्छ भन्नेचाहिं खुलिसकेको छैन । तीनै जनाले विभिन्न मौकामा आफूलाई सभापतिको आकांक्षी बताउने गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij