आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अदालतले कार्यान्वयन नगर्न आदेश दिएका अध्यादेश संसदमा पेश, काँग्रेसको विरोध

  • प्रकाशित मिति : शुक्रबार, असार १८, २०७८



  • काठमाडौं। सरकारले सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको अध्यादेश पनि संसदमा पेश गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गरेको छ। राष्ट्रिय सभाको विहीबार बसेको पहिलो बैठकमा सरकारले जारी गरेका ९ वटा अध्यादेश पेश गरिएको थियो।

    काँग्रेसले ती सबै अध्यादेशमाथि शुक्रबार संसद सचिवालयमा विरोधको सूचना दर्ता गराएको हो। सरकारले कार्यान्वयन नगर्न दिएका दुई वटा अध्यादेशसमेत राष्ट्रिय सभामा पेश गरेको छ। नागरिकता ऐन संशोधन सम्बन्धी अध्यादेश सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिए पनि विहीबार कानुनमन्त्री लिलानाथ श्रेष्ठले सो अध्यादेश पनि पेश गरे।

    यस्तै सर्वोच्चले आर्थिक अध्यादेशमा रहेको ढुंगा गिट्टी निकासी सम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न आदेश दिए पनि सरकारले आर्थिक अध्यादेश पनि संसदमा पेश गरेको छ।

    सरकारले नागरिकता अध्यादेश, विनियोजन अध्यादेश, शपथ सम्बन्धी अध्यादेश, आर्थिक अध्यादेश, रेल्वे अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश, वेपत्ता पारिएका छानविन तथा सत्य निरुपण सम्बन्धी अध्यादेश, संवैधानिक परिषद सम्बन्धी अध्यादेश र सामाजिक सुरक्षा सम्बन्धी अध्यादेश संसदमा पेश गरेको छ।
    काँग्रेसले यी सबै अध्यादेश अस्वीकार गरिएको सूचना संसद सचिवलायमा दर्ता गराएको हो। काँग्रेसले नेपालको संविधानको मर्म र भावना विपरित सरकारबाट अध्यादेश जारी भएको र ती अध्यादेश संसदमा पेश गरिएको भन्दै अस्वीकार गरेको हो।

    काँग्रेसले अध्यादेशहरु पृथकीकरणको सिद्धान्त विपरित, संसदीय मान्यता र भावना विपरीत, संसद छलेर ल्याइएको अध्यादेश, असमसामयिक एवं असान्दर्भिक, सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत कामकारवाही रोकेको विषय र संसदमा विचाराधीन हुँदाहुँदै अध्यादेश मार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरित हुने भन्दै विरोध जनाएको हो।

    यस्तै कर निर्धारण लगायत आर्थिक सम्बन्धी विषयहरु र विनियोजन सम्बन्धी विषयहरु जनप्रतिनिधिहरुको थलो संसदमा छलफल गरेर अघि बढाउनुपर्नेमा प्रतिनिधि सभा विघटन गरी ल्याएको अध्यादेश भएकोले र कतिपय विधेयकहरु संसदमा विचाराधिन हुँदाहुँदै अध्यादेश मार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरित भएकोले विरोध गरिएको जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij