सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

दश खेलाडीमा सिमित ब्राजिल सेमिफाईनलमा, चिली बाहिरीयो

  • प्रकाशित मिति : शनिबार, असार १९, २०७८



  • काठमाडौं। घरेलु टोलि ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ।

    स्ट्यनडियो ओलम्पियाकोमा शनिबार बिहान सम्पन्न क्वार्टरफाईनलको दोस्रो खेलमा चिलीलाई १ – ० गोलअन्तरले हराउँदै ब्राजिल सेमिफाइनलमा पुगेको हो।

    ब्राजिललाई जित दिलाउन लुकास पाक्वेटाले एक मात्र निर्णाएक गोल गरे।

    दोस्रो हाफको सुरुवाती समय ४६ औं मिनेटमा लुकासले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। दुवै टिमले थप गोल गर्न नसकेपछि उक्त गोल नै निर्णायक बन्न पुग्यो।

    ४८ औं मिनेटमा ग्याब्रियल जिससले रातो कार्ड पाएपछि ब्राजिल दबावमा आएको थियो। उनले विपक्षी खेलाडीलाई अनावश्यक फउल गरेपछि रेडकार्ड पाएका थिए।

    खेलको करिब एक हाफ ब्राजिलले १० खेलाडीमा सिमित भएर खेलेको थियो।

    दुवै टिमले गोल गर्ने केही अवसर पाए पनि गोल भने गर्न सकेनन।

    चिलीका एडुआर्डो वर्गासले दोस्रो हाफको ६२ औं मिनेटमा गोल गरेका थिए। तर, भीएआर चेक गर्दा अफसाइड पाईएपछि उक्त गोलले मान्यता पाएन।

    जितसँगै ब्राजिलले जारी प्रतियोगितामा सेमिफाईनलमा पुग्ने दोस्रो टिम बनेको छ। पहिलो खेलमा पाराग्वेलाई पराजित गर्दै पेरु सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

    अब फाइनल प्रवेशका लागि ब्राजिलले पेरुसँग प्रतिस्प्रधा गर्ने छ। पराजित चिली प्रतियोगिताबाट बाहिरीएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij